
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेताहरूलाई एकताबद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्चाईलाई पार्टीका नेताहरूले आत्मासात गरेर अघि बढ्नुपर्ने बताए ।
पार्टीका कार्यकर्ता र आम जनताले पनि नेताहरूले मिलेर मात्रै एमालेलाई नयाँ जीवन दिन सकिने र भविष्यमा आशा गर्न सकिने पार्टीको रुपमा अघि बढाउन सकिने निष्कर्ष सुनाएको महासचिव पोखरेलको भनाइ थियो । उनले पार्टीभित्र देखिएको अराजकताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।
महासचिव पोखरेलले एमाले नेताहरूले जनतातिर फर्केर उनीहरूको हित हुने गरी पार्टी कामलाई अघि बढाउनुपर्ने बताए ।