
काठमाडौँ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो पक्षसँग निकट रहेका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
आगामी वैशाख १५ गतेका लागि तय गरिएको उक्त बैठक काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा बस्ने तयारी गरिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीभित्रको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी निर्णय गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्न बैठक आयोजना गरिएको जनाइएको छ ।
खड्का निकट समूहले अदालतको निर्णय स्वीकार गर्ने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ । साथै पार्टी नेतृत्वबीच सहमति कायम गर्न सभापति गगन थापाले खड्कासँग संवाद प्रक्रिया अघि बढाएको पनि उल्लेख गरिएको छ ।