२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समावेशी राज्य संरचनामा श्रम संस्कृति पार्टीको जोड

Nada
२०८३ वैशाख १० गते १३:०९
Shares
प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समावेशी राज्य संरचनामा श्रम संस्कृति पार्टीको जोड

काठमाडौँ : श्रम संस्कृति पार्टीले संविधान पुनरावलोकन प्रक्रियामा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समावेशी राज्य संरचना सुनिश्चित गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

ncell

संविधान संशोधनसम्बन्धी बहसका लागि गठन गरिएको कार्यदललाई पार्टीले लिखित रूपमा आफ्ना सुझावहरू पेश गरेको हो । पार्टी अध्यक्ष हर्क साम्पाङद्वारा सार्वजनिक गरिएको उक्त दस्ताबेजमा शासन प्रणाली, समावेशी प्रतिनिधित्व तथा कार्यकारी अधिकारसम्बन्धी विषय समेटिएका नौ बुँदे प्रस्ताव समावेश छन् ।

पार्टीले कार्यकारी अधिकार जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा निहित हुनुपर्ने उल्लेख गर्दै मन्त्रिपरिषद् गठनको अधिकार पनि सोही पदमा रहने व्यवस्था प्रस्ताव गरेको छ । मन्त्रिपरिषद् गठन गर्दा सामाजिक तथा क्षेत्रीय समावेशितालाई अनिवार्य आधारका रूपमा लिनुपर्ने धारणा राखिएको छ ।

त्यसैगरी कार्यकारी प्रमुखको अधिकार सीमा स्पष्ट रूपमा तोकिनुपर्ने, शक्ति दुरुपयोगको अवस्था पहिचान गर्ने मापदण्ड निर्धारण गर्नुपर्ने तथा आवश्यक परे महाअभियोगमार्फत पदमुक्त गर्ने संवैधानिक व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

पार्टीले राज्यका सबै निकायहरू-राजनीतिक पद, सुरक्षा निकाय तथा प्रशासनिक संरचनामा सबै जातजाति र समुदायको समान सहभागिता सुनिश्चित गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याएको छ ।

ताजा खबर

सम्बन्धित खबर