२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेस संसदीय दल नेता चयन तालिका परिमार्जन, मतदान समय सारियो

Nada
२०८३ वैशाख १० गते १८:५९
Shares
कांग्रेस संसदीय दल नेता चयन तालिका परिमार्जन, मतदान समय सारियो

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ । दलको नेताको चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले पूर्वनिर्धारित समय तालिकामा परिवर्तन गरेको जनाएको छ ।

ncell

सहमहामन्त्री प्रकाश रसाइली स्नेही को संयोजकत्वमा रहेको समितिले अद्यावधिक तालिका सार्वजनिक गर्दै निर्वाचनका चरणहरू पुन:समायोजन गरेको हो । सोअनुसार मतदाता नामावली भने यसअघि नै सार्वजनिक गरिसकिएको छ ।

परिवर्तित कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भोलि दिउँसो ३ बजे हुनेछ भने ४:४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने नयाँ तालिका तय गरिएको छ । यसअघि भने बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न ४ देखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको थियो ।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका छन् । साथै अन्य केही नेताहरूको सम्भावित उम्मेदवारीबारे पनि आन्तरिक रूपमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका कुल ३८ सांसद रहेका छन्, जसबाट संसदीय दलको नेता चयन हुने प्रक्रिया अघि बढाइएको हो ।

ताजा खबर

सम्बन्धित खबर