२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अधिकार स्पष्ट नगरी संघीयतामाथि दोषारोपण गर्नु उचित होइन : देवराज चालिसे

Nada
२०८३ वैशाख १३ गते १८:४७
Shares
अधिकार स्पष्ट नगरी संघीयतामाथि दोषारोपण गर्नु उचित होइन : देवराज चालिसे

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संघीय शासन प्रणालीप्रति नकारात्मक धारणा निर्माण हुनुको प्रमुख कारण तीन तहका सरकारबीच अधिकारको स्पष्ट बाँडफाँड हुन नसक्नु रहेको बताएका छन् । 

ncell

संघीयताको प्रभावकारी सञ्चालनभन्दा व्यवस्थापन कमजोरीका कारण प्रणालीमाथि अनावश्यक आलोचना बढेको उनको भनाइ छ ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट परिभाषित गर्दै कार्यान्वयन क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । उचित समन्वय र प्रशासनिक संरचना सुदृढ भए संघीयता प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने उनले बताए ।

उनका अनुसार संघीय व्यवस्था स्वभावतः खर्चिलो, महँगो वा अव्यवहारिक प्रणाली होइन । व्यवस्थापन कमजोरी, अधिकार हस्तान्तरणमा अनिच्छा तथा संरचनागत अस्पष्टताका कारण समस्या देखिएको उनले उल्लेख गरे । केही कमजोरीलाई आधार बनाएर सम्पूर्ण संघीय व्यवस्थालाई दोष दिनु न्यायोचित नहुने उनको धारणा थियो ।

प्रवक्ता चालिसेले शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा क्षेत्रमा संघीय र स्थानीय सरकारबीच अधिकार क्षेत्रको दोहोरोपन रहेको बताए । यस्ता क्षेत्रमा धेरै विकसित मुलुकले स्थानीय सरकारलाई बढी जिम्मेवारी दिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा भने अझै स्पष्टता अभाव रहेको उनले टिप्पणी गरे ।

उनले संघबाट पठाइने कर्मचारी र स्थानीय जनप्रतिनिधिबीच कार्य समन्वयमा चुनौती देखिएको उल्लेख गर्दै स्थानीय तहलाई कर्मचारी नियुक्ति सम्बन्धी अधिकारबारे पुनर्विचार गर्नुपर्ने संकेत गरे । स्थानीय सरकारलाई आवश्यक प्रशासनिक स्वायत्तता प्रदान गरे सेवा प्रवाह थप प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर