२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकार सुकुम्वासीलाई जे गरेपनि हुन्छ भन्ने ढंगले प्रस्तुत भयो : प्रदीप पौडेल

Nada
२०८३ वैशाख १४ गते १४:१६
Shares
सरकार सुकुम्वासीलाई जे गरेपनि हुन्छ भन्ने ढंगले प्रस्तुत भयो : प्रदीप पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकमाथि जबरजस्ती बल प्रयोग गर्न लागेको आरोप लगाएका छन् ।

ncell

सोमबार पार्टी मुख्यालय सानेपामा सुकुम्वासी बस्ती हटाउने सरकारको कदमबारे जिज्ञासा राख्दा उनले वास्तविक सुकुम्वासीलाई समेत पीडा दिएर सरकारले जब्बरजस्ती गरेको भन्दै आपत्ति जनाएका हुन् ।

महामन्त्री पौडेलले सरकारले वास्तविक सुकुम्वासीको पहिचान समेत नगरी हतारमा सुकुम्वासीलाई दुख दिएर जे गरेपनि हुन्छ भन्ने खालको दम्भ देखाएको जिकिर समेत गरे ।

आफूहरुले सो बस्ती हटाउने सरकारको कामको विरोध भन्दा पनि वास्तविक सुकुम्वासीलाई दुःख दिएकोमा पीडाबोध भएको पनि महामन्त्री पौडेलको भनाइ थियो । सरकारले वैकल्पिक व्यवस्था नगरी सो बस्ती हटाउने कुरा पनि उचित भएको स्पष्ट पारे । 

महामन्त्री पौडेलले सरकारले बस्ती हटाउनु अघि त्यहाँका बास्तविक सुकुम्वासीहरुको पहिचान नगर्नु गलत भएको बताए । 

ताजा खबर

सम्बन्धित खबर