२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदम लोकतन्त्रको मर्यादाविपरीत : कांग्रेस

Nada
२०८३ वैशाख १४ गते १४:५१
Shares
बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदम लोकतन्त्रको मर्यादाविपरीत : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति गम्भीर असहमति जनाएको छ । 

ncell

पार्टी प्रवक्ता देवराज चालिसेले एकातिर बोलाइएको संसद् स्थगित गर्ने र अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका हुन् ।

अध्यादेशमार्फत मुलुक चलाउने कार्यले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्ने उनको भनाइ छ । उनले जनताको थलोका रूपमा रहेको संसदमा सबै विषय पारदर्शी रूपमा छलफल भएर त्यहीँबाट कानुन निर्माण हुनुपर्नेमा जोड दिए । 

उनले संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासविपरीत ठहर कार्य नगर्न समेत सरकारलाई आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर