
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
संसदीय दलको बैठकमा आङ्देम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।
पार्टी सभापति गगनकुमार थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।
आङ्देम्बे समानुपातिकतर्फबाट सांसद भएका हुन् । उनी निवर्तमान सहमहामन्त्री हुन् ।