२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आज दुई संसदीय समितिको बैठक बस्दै

Nada
२०८३ वैशाख १५ गते १०:५३
Shares
आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

ncell

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुनेछ । 

यस्तै, बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा, समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर