२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

Nada
२०८३ वैशाख १५ गते १२:३०
Shares
कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

काठमाडौँ : कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको छ ।

ncell

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३:०० बजे बस्ने गरी आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । यसअघि गत चैत १५ कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर