
काठमाडौं : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आफू पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् ।
धुम्बाराहीमा जारी उक्त छलफल पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिए । उनकाअनुसार बैठकमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् ।
संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेता विश्वकर्माले बताए । उनले निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
उनले पार्टीभित्रको एकता कायम राख्दै १५औं महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।