२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

Nada
२०८३ वैशाख १६ गते १२:१७
Shares
अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा मागेका छन् ।

ncell

बुधवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले न्यूनतम मानवतासमेत नदेखाएको टिप्पणी गर्दै हर्कले तुरुन्त राजीनामा दिन माग गरेका हुन् ।

‘बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, साम्पाङले दाबी गरेका छन्,‘ संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो । योभन्दा ठुलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन ।’ उनले फेसबुकमा लेखेका छन् । 

सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकामा सांसद साम्पाङले निरन्तर विरोध गरिरहेका छन् ।

सम्बन्धित खबर