२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत छैन : विष्णु पौडेल

Nada
२०८३ वैशाख १६ गते १३:५३
Shares
प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत छैन : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको दाबी गरेका छन् ।

ncell

विगतको स्मरण गर्दै पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको बताए । पौडेलकाअनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः उनले सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो ।

माओवादीले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व संकटमा परेको पौडेलको तर्क थियो । उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे । 

उनले प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत नरहेको बताए । 

सम्बन्धित खबर