२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८१ साउन २२ गते १३:४२
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका पाँचथर तुम्वेवा गाउँपालिका–५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।

सम्बन्धित खबर