२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

निर्वाचन शान्तिपूर्ण भएपनि खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

Nada
२०८३ वैशाख १७ गते १२:३०
Shares
निर्वाचन शान्तिपूर्ण भएपनि खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

काठमाडौंः निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष भएको बताएका छन् ।

ncell

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)का अध्यक्ष श्रीकृष्ण सुवेदीले ३६ वटा राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिवेदनले पनि यस निर्वाचनलाई धाँधलीरहित र भयरहित देखाएको उल्लेख गरेका हुन् । उनले आफू स्वयंले १२ वटा जिल्लाका विभिन्न मतदान केन्द्रहरूको प्रत्यक्ष पर्यवेक्षण गर्दा वातावरण अत्यन्तै संयमित र उत्साहजनक पाएको बताए । तर निर्वाचनको प्रक्रियागत सुधार भएपनि उम्मेदवारहरूले गर्ने खर्चको प्रवृत्तिमा भने कुनै कमी नआएको उनको भनाइ छ ।  

निर्वाचन आयोगले तोकेको खर्चको सीमा अव्यवहारिक रहेको तर्क गरे । अध्यक्ष सुवेदीले पर्यवेक्षणका क्रममा एउटै र्‍यालीमा ११७ वटा रिजर्भ गरिएका गाडी, ५३ वटा अटो र १ हजार ३ सय भन्दा बढी मोटरसाइकल प्रयोग भएको भेटिएको तथ्य प्रस्तुत गरे । निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट जोगाउन संविधान र कानुनमै परिमार्जन आवश्यक रहेकोमा उनले राजनीतिक दल र सरोकारवालाहरूको ध्यानाकर्षण गराए ।   

सम्बन्धित खबर