२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकारले अपनाएको अलोकतान्त्रिक विधिले संविधानको मर्मलाई नै प्रहार गर्‍यो : प्रचण्ड

Nada
प्रचण्ड खत्री
२०८३ वैशाख १७ गते २०:३५
Shares
सरकारले अपनाएको अलोकतान्त्रिक विधिले संविधानको मर्मलाई नै प्रहार गर्‍यो : प्रचण्ड

रुकुम पश्चिम : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन छलेर ल्याउन लागिएको अध्यादेश लोकतन्त्रकाविरुद्ध रहेको बताएका छन् । 

ncell

नेकपा रुकुम पश्चिमले बिहीबार मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारले बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेशको बाटो अपनाउनु लोकतन्त्र र संवैधानिक मान्यताकाविरुद्ध रहेको प्रचण्डको भनाइ छ । 

सरकारले अपनाएको अलोकतान्त्रिक विधिले संविधानको मर्मलाई नै प्रहार गर्ने भएकाले यस्तो गल्ती नगर्न सरकारलाई सचेत गराएको संयोजक प्रचण्डको भनाइ छ । 

‘अब अहिले त राष्ट्रपतिकोमा गएर बसेको छ त्यो अध्यादेश, अब के हुन्छ हेर्न बाँकी छ, तै पनि हामीले यसलाई परम्पराका विरुद्ध र अलोकतान्त्रिक भनेका छौं,’ प्रचण्डले भने । 

त्यस्तै संयोजक प्रचण्डले काठमाडौं उपत्यकाको खोला किनारभित्रका सुकुम्बासी बस्ती हटाउने भन्दै कुनै योजना बिना सरकारले अहिले देशभर अभियान चलाएको आरोप लगाए ।

सरकारले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापन नगरी गरिब निमुखामाथि बल प्रयोग गरिनु गलत रहेको उनको भनाइ थियो । 

सुकुम्बासीलाई हटाउने नाममा प्रहरी, सशस्त्र प्रहरी र सेना नै परिचालन गरेर हजारौँ हजार परिवारलाई विचलित बनाइएकोले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षणका लागि पार्टीको तर्फबाट जोडदार माग गरिएको बताए  । 

यसैगरी अर्को एक फरक प्रसंमा संयोजक प्रचण्डले नेपालमा बृहत् कम्युनिस्ट सुदृढीकरणको आवश्यकता रहेको औंल्याए । त्यसका लागि अबको विकल्प सबै कम्युनिष्ट घटकहरु एक ठाउँमा आउनुपर्ने उनको  भनाइ छ । 

त्यस्तै प्रचण्डले ५० प्रतिशत युवा पुस्तालाई पार्टी र संरचनागत जिम्मेवारीमा समेट्ने गरी पार्टीको कार्यदिशा निर्माण गरिएको बताए । 

नेकपा रुकुम पश्चिमले बुधबार आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षणमा सहभागी हुन आएका संयोजक प्रचण्ड बिहीबार आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेका छन् । 

ताजा खबर

सम्बन्धित खबर