२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

Nada
२०८३ वैशाख १८ गते ११:४२
Shares
प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जबाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

ncell

सञ्चारकर्मीहरूसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त  कुराकानीमा उनले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताए। 

मुख्यमन्त्री बानियाँले दलीय स्वार्थ त्यागेर प्रदेश सरकारको नीति कार्यक्रम, बजेट, योजना बाँडफाँटलगायत दैनिक कार्य सम्पादनसम्बन्धी विषयको गाम्भीर्यलाई ध्यान दिएर जिम्मेवारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरे । 

सम्बन्धित खबर