
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन् ।
१३७औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सुकुम्वासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको बताए ।
उनले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गरे । उनले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताए । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताए ।
सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आबद्ध मजुदुर नेताहरुलाई निर्देशन दिए । उनले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे ।