२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेकपा रुकुम पश्चिमको एकता प्रक्रिया टुंगियो, २२९ सदस्यीय जिल्ला कार्यसमिति गठन

Nada
प्रचण्ड खत्री
२०८३ वैशाख १८ गते १४:३२
Shares
नेकपा रुकुम पश्चिमको एकता प्रक्रिया टुंगियो, २२९ सदस्यीय जिल्ला कार्यसमिति गठन

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले जिल्लास्तरको एकता प्रक्रिया औपचारिक रूपमा टुंग्याएको छ । वैशाख १६ गते मुसिकोटमा सम्पन्न जिल्ला कमिटी बैठकले पार्टी एकता प्रक्रिया निष्कर्षमा पुर्‍याएको हो ।

ncell

बैठकले गोविन्द रोका सचिनलाई जिल्ला संयोजक र सुरजकुमार परियारलाई सह–संयोजकको जिम्मेवारी दिएको छ । यससँगै २२९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । कार्यसमितिअन्तर्गत ७५ सदस्यीय सचिवालय तथा कार्य संयोजन समिति गठन गर्ने निर्णय पनि गरिएको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार जिल्ला समिति एकता समायोजन प्रक्रिया आपसी सहमतिमा टुंग्याइएको हो । यस क्रममा पूर्वमाओवादी केन्द्रको जिल्ला कार्यसमितिमा रहेका सदस्यहरू तथा पूर्व एकीकृत समाजवादीका पदाधिकारी, जिल्ला कमिटी र प्रदेश सदस्यहरूलाई समेटेर नयाँ संरचना बनाइएको जनाइएको छ ।

त्यस्तै, जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य बसन्तकुमार शर्मा र सह–इन्चार्जमा केन्द्रीय सदस्य देवी ओली रहने सहमति भएको छ ।

बैठकले आगामी कार्यक्रमसमेत तय गरेको छ । जेठ मसान्तदेखि असोजसम्म पार्टीका सबै तहका समिति तथा जनवर्गीय संगठनहरूको एकता प्रक्रिया सम्पन्न गर्ने, सदस्यता नवीकरण गर्ने, वडा समितिका अधिवेशन र पालिका स्तरका एकता अधिवेशन सकी अन्ततः जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित खबर