२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेप्सेमा १ सय ४५ अंकको गिरावट, कारोबारमा भने वृद्धि

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १५:१४
नेप्सेमा १ सय ४५ अंकको गिरावट, कारोबारमा  भने वृद्धि

काठमाडौंः मंगलबार नेप्से परिसूचकमा भारी अंककको गिरावट आएको छ ।आज  शेयर बजार १४५.०५ अंकले घटेर २,६५१ को विन्दुमा पुगी बन्द भएको छ । 

आज ८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको मात्रै शेयर मूल्य स्थिर छ । आजको शेयर बजारमा एक कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, आज शेयर कारोबारमा भने वृद्धि भएको छ । साेमबार ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा रु. २१ अर्ब ८६ करोड ४९ लाख माथिको शेयर कारोबार भएको थियो । आज कारोबार समय भरिमा ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा रु. २३ अर्ब ७१ करोड ६७ लाख माथिको शेयर कारोबार भएको हाे । आजको बजारमा सबैभन्दा बढी शेयर कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले आज एक अर्बमाथिको शेयर कारोबार गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise