२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेकपाद्वारा एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक 

Nada
२०८३ वैशाख १९ गते १५:२४
Shares
नेकपाद्वारा एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजक समिति बैठकको निर्णय सार्वजनिक गरेको छ । प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

ncell

बैठकले पार्टीको एकता प्रक्रिया टुङ्ग्याउनेदेखि महाधिवेशनको मिति तोकेको जानकारी गराएका छन् । पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू निर्वाचित हुने बैठकले निर्णय गरेको उनले बताए ।

पार्टी कमिटी समानुपातिक समावेशी मान्यताअनुसार कमिटी निर्माण गर्ने, निर्वाचित कमिटीमा अनुभवी, पौढ र युवाहरूको समावेशिता रहने र हरेक कमिटीमा ५० प्रतिशत युवाको प्रतिनिधित्व हुने निर्णय गरेको छ ।

पार्टी पुनर्गठन प्रक्रियासँगै सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न पहल गर्ने, पार्टी सिङ्गो पङ्क्तिलाई नियमित रूपमा उत्पादन तथा श्रम कार्यमा जोड्ने अभियान सञ्चालन गर्ने निर्णय पनि भएको उनले बताए ।

सम्बन्धित खबर