२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पोर्चुगलमा पनि मनाइयो बुद्ध जयन्ती

Nada
भरत प्रधान
२०८३ वैशाख १९ गते २१:२७
Shares
पोर्चुगलमा पनि मनाइयो बुद्ध जयन्ती

लिस्बन : विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा श्रद्धा र भव्यताका साथ मनाइएको छ ।

ncell

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको हो । लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरुहरूले बुद्धको विशेष पूजा–आराधना गर्नुका साथै सहभागीहरूलाई सामूहिक ध्यान गराइएको थियो । 

कार्यक्रममा बौद्ध धर्मगुरु फुरी शेर्पाले बुद्धका ज्ञान, दर्शन र उपदेशबारे प्रवचन दिँदै मानव जीवनमा शान्ति, करुणा र सहिष्णुताको महत्वबारे प्रकाश पारे । उनले बुद्धका शिक्षाले आजको अशान्त विश्वलाई सही मार्गदर्शन दिन सक्ने धारणा राखे । 

सो अवसरमा प्रकाशमणि पौडेलले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै मानवजातिका लागि बुद्धका शिक्षाहरू अमूल्य सम्पत्ति भएको बताए । उनले बुद्धका उपदेशलाई व्यवहारमा लागू गर्दै सत्कर्मको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका आयोजक नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । 

विदेशमा रहेका नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक मूल्यको प्रवर्धन गर्दै बुद्ध जयन्ती मनाइएको उक्त कार्यक्रमले सहभागीहरूमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर