२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर : १७६ नेपाली लाभान्वित

Nada
भरत प्रधान
२०८३ वैशाख २२ गते १८:३१
Shares
पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर : १७६ नेपाली लाभान्वित

लिस्बन : पोर्चुगलको ओदिमिरास्थित जम्बुजिरामा सञ्चालित राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।

ncell

लिस्बनस्थित नेपाली दूतावासले हालै सञ्चालन गरेको घुम्ती शिविरबाट सो क्षेत्रका १ सय ७६ जना सेवाग्राही नेपाली लाभान्वित भएका छन् । घुम्ती शिविरबाट १ सय १४ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको दूतावासले जनाएको छ । तीमध्ये १ सय ८ जनाको नवीकरण, दुई जनाको हराएको र चार जना बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन प्राप्त भएका हो । 

शिविरबाट १६ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ जनाको अन्य कागजात प्रमाणीकरण, १ सय १४ जनाको राहदानी आवेदन, १० जनाको राहदानी वितरणलगायत अन्य सेवा गरी कुल १ सय ७६ नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । शिविरबाट १६ हजार ९६० युरो अर्थात् झन्डै ३० लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए । राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि टाढा–टाढाबाट दूतावास धाउन नपरोस् भन्ने उद्देश्यका साथ नेपालीहरूको सहजताका लागि सोही स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको थियो । यस्तै, तयार भएर आएका राहदानी वितरण, प्रहरी रिपोर्ट र अन्य कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा र पोर्तोमा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा र पोर्तोमा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

सम्बन्धित खबर