२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जापानमा जनसंख्या वृद्धिदर घट्दै जाँदा विदेशी कामदारले अवसर पाउने आंकलन

ADV
२०८१ साउन २३ गते ०६:३०
जापानमा जनसंख्या वृद्धिदर घट्दै जाँदा विदेशी कामदारले अवसर पाउने आंकलन

काठमाडौं : दक्षिण पूर्वी एसियाको विकसित मुलुक जापानमा जनसंख्या वृद्धिदर घट्दै जाँदा विदेशी कामदारले राम्रो अवसर पाउने अवस्था देखिएको छ । समाचार संस्था रोयटर्सका अनुसार जापान सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सन् २०४० मा १० लाख विदेशी कामदार भित्र्याउनु पर्नेछ ।

हाल पनि जापानले विभिन्न क्षेत्रमा कामदार अभावको सामना गरिरहेको छ । गत वर्षको अक्टोबरसम्ममा जापानमा विदेशी कामदारको संख्या चार गुणाले बढेर २.०५ मिलियन अर्थात सम्पूर्ण श्रमशक्तिको ३ प्रतिशतमा पुगेको छ । जुन विगत १५ वर्षयताको धेरै हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को अनुसन्धानले हालको गतिमा नै विदेशी कामदार बढ्दै गए करिब १५ वर्षपछि सन् २०४० मा विदेशी कामदारको संख्या १० लाख नाघ्न पनि सक्नेछ । 

शोधकर्ताहरूले भियतनाम, म्यानमार र कम्बोडिया जस्ता देशबाट जापानमा प्रवासी कामदार गइरहेका छन् । ती मुलुकमा अपेक्षित आर्थिक वृद्धि भएमा जापानले विदेशी कामदारका लागि नयाँ स्रोत मुलुक खोज्नुपर्ने छ । अध्ययनले घट्दो जन्मदरका कारण श्रमको अभावलाई पूरा गरी अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन जापानमा विदेशी कामदारहरूको विकल्प नभएको बताएको छ । 

जापान सरकारले आप्रवासी कामदारलाई स्वीकार गर्ने स्थानीय जनमतलाई सहज बनाउनका लागि दक्ष रोजगारीका लागि वर्क पर्मिट अनुमति विस्तार गरेको छ ।

तर जापानी येनको कमजोरी, परम्परागतरूपमा कम पारिश्रमिक र मानव अधिकारलगायतका मुद्दाहरूमा सुधार गरेर आप्रवासी कामदारका लागि जापान सुरक्षित रहेको सन्देश दिनुपर्नेमा कतिपय विज्ञहरूले सुझाव दिएका छन् । जापानमा नेपालीको संख्या एक लाखभन्दा धेरै रहेको र उक्त संख्या करिब ६ प्रतिशतले बढिरहेको बताइएको छ । उनीहरू वर्कपर्मिट लिएर नभइ विद्यार्थी भिसामा गएर उनीहरू उतै रोजगारी र व्यवसाय गरिरहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise