२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

Nada
२०८३ वैशाख २९ गते १४:४३
Shares
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडेको विषयमा आपत्ति जनाएका छन् ।

ncell

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट माग गरेका छन् । 

नेता आङ्देम्बेले संसद्‌मा बोल्दै भने, 'आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।'

संसदबाट स्वास्थ्य अवस्थाका कारण हिँडेको भए स्वास्थ्य परीक्षणको जानकारी गराउनुपर्ने उनको माग छ ।

सम्बन्धित खबर