एजेन्सी : श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महसुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महसुल बढाउनेछ ।
घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । बोर्डले नौ वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।
सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies