२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसमा केन्द्रीय सदस्य मनोनयनप्रति खड्काको आपत्ति, एकता कमजोर हुने चेतावनी

Nada
२०८३ वैशाख २९ गते १६:०२
Shares
कांग्रेसमा केन्द्रीय सदस्य मनोनयनप्रति खड्काको आपत्ति, एकता कमजोर हुने चेतावनी

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्काले हालै गरिएको केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि जनाएका छन् ।

ncell

सभापति गगन थापा ले १९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयले पार्टीभित्रको समग्र एकता मजबुत बनाउने प्रयासमा असर पुगेको उनको धारणा छ ।

खड्काका अनुसार उक्त निर्णयले संगठनात्मक एकता र सहकार्यको लक्ष्यलाई कमजोर बनाउने जोखिम देखिएको छ ।

उनले कांग्रेसको विगतको राजनीतिक इतिहास स्मरण गर्दै पार्टी विभाजनका कारण ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरे । साथै, त्यसपछि शीर्ष नेतृत्वले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएको उदाहरणबाट सिक्नुपर्ने आवश्यकता रहेको बताए ।

सम्बन्धित खबर