२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

संसदमा सम्पाङको प्रश्न : प्रधानमन्त्री अयोग्य बन्नुभएको हो ?

Nada
२०८३ वैशाख २९ गते १६:०८
Shares
संसदमा सम्पाङको प्रश्न : प्रधानमन्त्री अयोग्य बन्नुभएको हो ?

काठमाडौं : श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा श्रम, संस्कृति र पार्टीका अध्यक्ष राईले शाह सरकारको कडा आलोचना गरेका हुन् ।

ncell

उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको आरोप लगाए । सम्बोधनका क्रममा राईले भने,‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । यस्तो गर्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो,’ उनले भने ।

राईले सरकारले धार्मिक स्थल र विद्यालय भत्काउने कार्यलाई लिएर पनि सरकारको आलोचना गरे । ‘बोल्न नसक्ने मन्दिर, गुम्बा, गिरिजाघर र विद्यालय भत्काउनुको कारण के हो ? सरकारले जताततै भत्काएको, तोडेको देख्दा जनता त्रसित छन्,’ उनले भने ।

राईले व्यंग्यात्मक रूपमा सबै घर भत्काएर देशलाई बालुवाको थुप्रो बनाउन लागिएको बताए । ‘सबै घर भत्काएर बालुवाको थुप्रोमा देश विकासको खाका कोर्न लागेको हो सरकारले ?’, उनले भने ।

सम्बन्धित खबर