काठमाडौं : नवराज कौडालको शब्द रचना साथै गायक जय देवकोटा र गायिका मेनुका थापाको आवाज रहेको नयाँ तीज गीत बिहीबार सार्वजनिक भएको छ ।
'पतिदेव र महादेव पुज्ने गराइदेउ' बोलको गीतमा लक्ष्मी गुरुङ र अनिस क्षेत्रीको दमदार प्रस्तुति देख्न सकिन्छ । साथै बाल कलाकार अष्टिन श्रेष्ठको पनि प्रस्तुति देख्न सकिन्छ ।
निर्देशक दीप गुरुङले निर्देशन गरेको गीतको भिडियो मधुर बस्नेतले छायांकन गरेका हुन् । मेख बहादुर थापाले सम्पादन गरेको गीतको भिडियो दीप गुरुङको आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies