२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेस मिल्ने सम्भावना छैन : निधि

Nada
२०८३ वैशाख २९ गते १९:२९
Shares
कांग्रेस मिल्ने सम्भावना छैन : निधि

काठमाडौं : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरूको असहमति रहेको बताएका छन् ।

ncell

मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले आफूहरूसँग कुनै छलफल नगरि सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताए ।

उनले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको उल्लेख गरे । आफूहरू र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप हुँदैछ भन्ने कुरा भ्रममात्रै रहेको उनको भनाइ छ ।

यसअघि सोमबार सभापति थापाले महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, जीवन परियार लगाएत १९ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।

सम्बन्धित खबर