२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

महाधिवेशनका लागि रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन

Nada
२०८३ वैशाख ३० गते १३:०३
Shares
महाधिवेशनका लागि रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रथम महाधिवेशनको तयारीका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

ncell

बुधबार बिहान सम्पन्न केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । महाधिवेशन व्यवस्थापन तथा समन्वयका लागि सम्पूर्ण केन्द्रीय समितिलाई समेटेर आयोजक संरचना बनाइएको पार्टीले जनाएको छ ।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार महाधिवेशन केन्द्रित विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

पार्टीले संगठन विस्तार र अधिवेशन प्रक्रियालाई चरणबद्ध रूपमा अघि बढाउने कार्यतालिकासमेत सार्वजनिक गरेको छ। समिति गठन नभएका वडाहरूमा जेठ २ गते भेला आयोजना गर्ने तथा वैशाख २० गतेअघि वडा समिति गठन भएका स्थानमा जेठ ३ गते वडा अधिवेशन गर्ने निर्णय गरिएको छ ।

यस्तै, तदर्थ समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते भेला आयोजना गरिने भएको छ भने वैशाख २५ गतेअघि पालिका समिति गठन भएका स्थानमा जेठ १० गते पालिका अधिवेशन गर्ने तालिका तय गरिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति गठन भएका स्थानमा जेठ १६ गते अधिवेशन गर्ने तथा जेठ १० गतेअघि पालिका समिति बनेका क्षेत्रमा जेठ १७ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर