२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

Nada
२०८३ वैशाख ३० गते १३:४७
Shares
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ : राष्ट्रिय सभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताएका छन् । 

राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले संघीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे । 

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए ।  

सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिए।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर