२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रास्वपाको जिकिर- नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन

Nada
२०८३ वैशाख ३० गते १५:२९
Shares
रास्वपाको जिकिर- नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने जिकिर गरेको छ । 

ncell

विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाहको अनिवार्य उपस्थितिको माग गर्दै संसद् बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीले प्रस्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्ने कुरा हुनै नसक्ने बताए । उनले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति बिना सो विषयमा छलफल गर्न नमिल्ने भन्ने कुरा नभएको तर्फ पनि विपक्षी दलहरुको ध्यानाकर्षण गराए ।

प्रमुख सचेतक बुर्लाकोटीले विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गरे ।

ताजा खबर

सम्बन्धित खबर