२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दुईतिहाइ संख्याको आडमा संसद्लाई कमजोर बनाउने प्रयास भयो : कांग्रेस

Nada
२०८३ वैशाख ३१ गते १२:०८
Shares
दुईतिहाइ संख्याको आडमा संसद्लाई कमजोर बनाउने प्रयास भयो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले दुईतिहाइ संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्लाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको आरोप लगाएका हुन् ।

ncell

उनले प्रधानमन्त्री स्वयंले संसद्लाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताए । उनले संसद् गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्ने भन्ने सत्तापक्षका सांसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्रीले विश्वविद्यालय समान संसद्को बंक हान्न थालेको बताए ।

प्रधानमन्त्री संसद्‍बाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उनको भनाइ छ । नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेग गर्दै उनले प्रधानमन्त्रीकै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको बताए । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको उनको भनाइ छ । 

उनले सभामुखसँग प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित हुन रुलिङ गर्न पुन: ध्यानाकर्षण गराए ।
 

ताजा खबर

सम्बन्धित खबर