२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्रीलाई एमालेको प्रश्न- लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

Nada
२०८३ वैशाख ३१ गते १२:२६
Shares
प्रधानमन्त्रीलाई एमालेको प्रश्न- लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद् र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ । 

ncell

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए ।

उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? भन्दै उनले प्रश्न छ । प्रधानमन्त्री शाहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ । 

उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरेका छन् । जनताका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर