
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताएका छन् ।
आइतबार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका हुन् ।
उपाध्यक्ष थापाले जेनजी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरु दासढुंगा हत्याकाण्ड नै निरन्तरताको रुपमा रहेको दाबी समेत गरे ।
उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताए ।