२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्यो : ज्ञवाली

Nada
२०८३ जेठ ३ गते १५:०७
Shares
मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्यो : ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् ।

ncell

३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए ।

उनले सरकार बनेको करिब ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए । उनले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरुमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे । उनले सरकारले संसद, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाए । 

उनले संसद्‍मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर