२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

कम्पनी नै खोलेर अनलाइन ठगी : ९ भारतीय पक्राउ, ३ जना फरार

shivam cement
राजकुमार के.सी.
२०८१ साउन २३ गते २१:०६
Shares
कम्पनी नै खोलेर अनलाइन ठगी : ९ भारतीय पक्राउ, ३ जना फरार

मकवानपुर : हटौंडामा पछिल्लो समय अनलाइन ठगीका घटनाहरु बढ्दै गएका छन् । बुधबार मात्रै हेटौंडामा अनलाइन ठगी गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी ठगीमा संलग्नलाईसार्वजनिक गरेको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा ‘मेडि असिष्ट’ नामक कम्पनीमार्फत अनलाइन ठगीको कारोबार गरिरहेको सूचनाका आधारमा छापा मार्ने क्रममा ९ जनालाई गत सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

रिजालले उक्त कम्पनीमा १२ जना भारतीय नागरिक कार्यरत रहकोमा ३ जना फरार रहेको समेत जानकारी दिए । पक्राउ पर्नेहरूमा भारतका विभिन्न राज्यका ४० वर्षीय कुनाल शर्मा, ३८ वर्षीय लोकेश कुमार दुवे, ३४ वर्षीय विशाल कक्कड, २९ वर्षीय कुन्दन कुमार, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार, २८ वर्षीय नवनित कुमार, २७ वर्षीय शाहरुख खान, २६ वर्षीय आशिष कब्डौला रहेका छन् । 

यस्तै फरार हुनेमा द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश नाम गरेका ३ जना भरतीय नागरिक रहेका छन् ।

छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटर लगायतका उपकरणहरू बरामद गरेको छ ।

प्रहरी अनुसन्धानको क्रममा परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित २०८० फागुन १० गते हेटौंडा उपमहानगरपालिकामा द्रबिनकुमार सिंहको नाममा ‘मेडि असिष्ट’कम्पनी दर्ता गरी अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।

अनुसन्धानका क्रममा उक्त समूहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको क्वीइक कल क्लिन सफ्टवेयर प्रयोग गरी ठगी गर्ने गरेको खुलेको प्रहरी उपरीक्षक रिजालले बताए । उक्त सफ्टवेयरमार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको रिजालले बताए ।

प्रहरीले यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको कसुर अनुरुप कारबाही अगाडि बढाउने बताएको छ ।

पक्राउ परेका ९ जनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिइ अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुको खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADV

सम्बन्धित खबर