२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

Nada
२०८३ जेठ ७ गते १३:११
Shares
कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनीत गरेका हुन् ।

ncell

आगामी स्थानीय र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको थियो । सोही ब्युरोमा बुधबार सदस्य मनोनीत गरिएको हो । 

ब्युरोमा मनोनीत भएका सदस्यमा सुदर्शन आचार्य, जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुंगेल, दीपक महतो, हरि पोखरेल, रोहित पौडेल, डा. भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगनाथ लामिछाने, मिलनराज बर्तौला रहेका छन् ।

पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्यांक–आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने तथा पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने ब्युरोका उद्देश्य रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर