२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

यी हुन् एमालेका प्रस्तावित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरू

Nada
२०८३ जेठ ७ गते १५:३४
Shares
यी हुन् एमालेका प्रस्तावित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरू

काठमाडौं : नेकपा एमालेले पार्टीका विभिन्न विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरूको नाम प्रस्ताव गर्दै संगठनात्मक कार्यविभाजनलाई अन्तिम चरणमा पुर्‍याएको छ । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुख तथा इन्चार्जहरूको प्रस्तावित सूची प्रस्तुत गरेका हुन् ।

ncell

बैठकले विदेश मामिला विभाग प्रमुखमा प्रदीप ज्ञवाली, संसदीय मामिला विभाग प्रमुखमा पद्माकुमारी अर्याल, राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुखमा हिक्मतकुमार कार्की र संगठन विभाग प्रमुखमा भानुभक्त ढकाललाई प्रस्ताव गरेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुखमा डा. सूर्य पाठक तथा पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ प्रस्तावित भएका छन् ।

एमालेले विभागीय कामको समन्वयका लागि शीर्ष नेताहरूलाई समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको छ । प्रस्तावअनुसार रामबहादुर थापा ‘बादल’लाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी विभागहरूको संयोजन जिम्मेवारी दिने तयारी गरिएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीसम्बद्ध विभाग, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास, गोकर्ण विष्टलाई पूर्वाधार विकास र रघुजी पन्तलाई मानवस्रोतसम्बद्ध विभागहरूको संयोजन जिम्मा दिने प्रस्ताव गरिएको छ ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक काम तथा केन्द्रीय कार्यालय संयोजनको जिम्मेवारी दिने प्रस्ताव छ । उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलतासम्बद्ध विभागहरूको संयोजन तथा योगेश भट्टराईलाई नीति तथा योजनासम्बद्ध विभागहरूको संयोजन जिम्मेवारी दिने तयारी गरिएको छ ।

एमाले सचिवालयले प्रस्तावित नामावलीमाथि शुक्रबार बस्ने बैठकमा थप छलफल गरी कार्यविभाजनलाई अन्तिम रूप दिने जनाएको छ ।

प्रस्तावित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरू

प्रदीप ज्ञवाली– विदेश मामिला विभाग प्रमुख

पद्मा अर्याल– संसदीय मामिला विभाग प्रमुख

हिक्मत कार्की– राष्ट्रिय हित संरक्षण विभाग प्रमुख

भानुभक्त ढकाल– संगठन विभाग प्रमुख

डा. सूर्य पाठक– प्रचार तथा प्रकाशन विभाग प्रमुख

शेरबहादुर तामाङ– पार्टी स्कुल विभाग प्रमुख

आनन्द पोखरेल– पर्यटन तथा  नागरिक उड्डयन विभाग प्रमुख

इन्द्र भण्डारी– पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्ज

कल्पना चापागाईं– समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख

कर्ण थापा– उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख

क्रान्ति बुर्लाकोटी– युवा तथा खेलकुद विभाग प्रमुख

गणेश ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख

खेम लोहनी– सहकारी तगा गरिबी निवारण विभाग प्रमुख

गोकुल बास्कोटा– भूमि व्यवस्था विभाग प्रमुख

घनश्याम पाण्डे– प्रवासी नेपाली मञ्च, युरोप इन्चार्ज

 जितु गौतम– उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख

ज्वाला साह– कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख

ठाकुर गैरे– खानेपानी तथा सरसफाइ विभाग प्रमुख

देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख

निरज आचार्य– निर्वाचन आयोग प्रमुख

निरूदेवी पाल– अध्यक्ष केपी शर्मा ओली÷नेशनल भोलेन्टियर फोर्स इन्चार्ज

बिनाकुमार श्रेष्ठ– पुस्तकालय तथा अभिलेख विभाग प्रमुख

भारती पाठक– वन तथा वातावरण विभाग प्रमुख

डा. भीष्म अधिकारी– वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख

रचना खड्का– विज्ञान तथा प्रविधि विभाग प्रमुख

राजेन्द्र गौतम– स्थानीय विकास विभाग प्रमुख

रमेश बडाल– कानुन विभाग प्रमुख

रामकुमारी झाक्री–सहरी विकास विभाग प्रमुख

विन्दा पाण्डे– श्रम तथा रोजगार विभाग प्रमुख

विशाल भट्टराई– जनसंगठन समन्वय संयन्त्र प्रमुख

सुशीला नेपाल– सामाजिक सेवा विभाग

हेमराज राई– साहित्य तथा कला संस्कृति विभाग प्रमुख

पार्वती रावल– शिक्षा तथा मानवस्रोत विभाग प्रमुख

क्षितिज थेवे– युवा फाँट इन्चार्ज

रश्मी आचार्य– विद्यार्थी फाँट इन्चार्ज

हरिप्रसाद घिमिरे– भारत प्रवाश इन्चार्ज

कृष्णभक्त पोखरेल– कानुन फाँट इन्चार्ज

उर्मिला सुनुवार–अपांगता फाँट इन्चार्ज

जनक चौधरी–मजदुर विशेष इन्चार्ज

गोरखबहादुर बोगटी– भूमि अधिकार फाँट इन्चार्ज

गिरिधारीलाल न्यौपाने– किसान फाँट इन्चार्ज

खेममान खड्का–भूपू सैनिक तथा प्रहरी फाँट इन्चार्ज

टुकाभद्रा हमाल– महिला फाँट इन्चार्ज

मनोहर बि पौडेल– मुक्ति समाज इन्चार्ज

महमद हारून हलुवाई– मुस्लिम इत्तेहाद इन्चार्ज

भोलानाथ पोखरेल रोहित– पेसागत फाँट इन्चार्ज

भूमिका लिम्बू सुब्बा–जनसांस्कृतिक फाँट इन्चार्ज

रविन्द्र अधिकारी– प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्ज

मीनबहादुर शाही– मानवअधिकारी एलाइन्स इन्चार्ज

ताजा खबर

सम्बन्धित खबर