२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसको सुदूरपश्चिम केन्द्रित सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित

Nada
२०८३ जेठ ८ गते १३:२६
Shares
कांग्रेसको सुदूरपश्चिम केन्द्रित सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित

काठमाडौँ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने तयारी गरेको सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।

ncell

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने तय भएको उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको पार्टीले जनाएको छ ।

कृष्णप्रसाद दुलालका अनुसार काठमाडौँमा आकस्मिक रूपमा अन्य महत्वपूर्ण कार्यक्रम परेकाले तय गरिएको अन्तरक्रिया स्थगित गरिएको हो । उनले केही दिनभित्रै नयाँ मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।

पार्टीभित्र सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर मतभेद देखिइरहेका बेला कार्यक्रम स्थगित भएको हो। संस्थापनइतर समूहले सदस्यता नवीकरण प्रक्रियाप्रति असहमति जनाइरहेका सन्दर्भमा प्रदीप पौडेल संयोजक रहेको समितिले जेठ ११ गतेका लागि अन्तरक्रिया तय गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर