२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मानव अधिकार आयोगको जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

Nada
२०८३ जेठ ८ गते १६:२०
Shares
मानव अधिकार आयोगको जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

ncell

सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नु सरकारको गैरपारदर्शी अभ्यास हुने टिप्पणी गरे । उनले मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कहाँ छ भन्ने प्रश्न गर्दै त्यसलाई सार्वजनिक गर्न सरकार बाध्य रहेको धारणा राखे ।

थापाले २४ भदौका घटनामा संलग्न दोषीहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा जोड दिँदै योजनाबद्ध रूपमा भएका गतिविधिहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । उनका अनुसार दोषी पहिचान भइसकेका वा संलग्न भएका सबैलाई कानुनको दायरामा ल्याइनुपर्छ ।

उनले सरकारको कार्यसम्पादनबारे पनि टिप्पणी गर्दै पहिलो सय दिनभित्र गर्नुपर्ने कामहरूको स्पष्ट सूची पालना हुनुपर्ने आवश्यकता औँल्याए । मन पर्ने काम मात्र अघि बढाउने र नपर्ने विषयलाई ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

राजनीतिक स्थायित्व र संवैधानिक अभ्यासका सन्दर्भमा बोल्दै थापाले संख्यात्मक बहुमतको आधारमा संविधान विपरीत कदम चालिएमा नेपाली कांग्रेस प्रतिवादमा उभिने स्पष्ट संकेत दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा बहुमत प्राप्त दलले संविधानको सीमा नाघ्ने प्रयास गरे त्यसको विपक्षमा उभिने बताए ।

ताजा खबर

सम्बन्धित खबर