२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

म पछि हट्दिनँ : ओली  

Nada
२०८३ जेठ ९ गते १९:२२
Shares
म पछि हट्दिनँ : ओली  

काठमाडौँ : सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने बताएका छन् ।

ncell

शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले निरन्तर आ–आफ्ना धारणा राखिरहेका छन् । शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । त्यस्तै, शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।

शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे । महासचिव पोखरेलले भने घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए ।

सचिवालय बैठकमा नेताहरूले मार्गप्रशस्त गर्न आग्रह गरिरहँदा ओली भने केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्न थालेका छन् । उनले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर बाँकी निर्णय हुने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर