
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा सुरु भएको छ । बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ ।
विशेषगरी, पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो ।
बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकले पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ ।