२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै एमाले सांसदको आपत्ति

Nada
२०८३ जेठ १३ गते १४:१६
Shares
सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै एमाले सांसदको आपत्ति

काठमाडौं : नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारले राष्ट्रिय सभाको शुन्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नदिएको भन्दै आपत्ति जनाएकी छन् ।

ncell

सभाको बुधबारको बैठकमा बोल्दै उनले शुन्य र विशेष समयमा सांसदहरूले उठाउने धारणा तथा जिज्ञासाप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले सरकारले यो सभालाई महत्व नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले सरकारले जवाफ नदिने भए सभाको शून्य समय र विशेष समयको कुनै महत्व नरहने बताइन् ।

उनले भनिन्, ‘शून्य समय र विशेष समयमा राखेका हाम्रा धारणा र जिज्ञासाहरुको सरकारले कहिले पनि जवाफ दिएको छैन । हामी सधैं नाजवाफ भएर फर्किएका छौं । सरकारले यो सभालाई महत्व नदिएको हो ? अथवा उहाँहरुले त्यो जानकारी लिन नसक्नुभएको हो ? यदि सरकारबाट कुनै जवाफ नपाउने हो भने यो शून्य समय र विशेष समयको कुनै महत्व रहेन ।’

बैठकको शून्य र विशेष समयमा उठ्ने प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रचलन छ ।

ताजा खबर

सम्बन्धित खबर