
काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।