२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार : कांग्रेस

Nada
२०८३ जेठ १४ गते १६:०७
Shares
गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहको निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ । 

ncell

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैरजिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो ।

अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैरजिम्मेवार र उत्तरदायित्व वोधको कमीको रुपमा पार्टी संसदीय दलका लिएको प्रमुख सचेतक बासना थापाले बताइन् ।

त्यसैगरी बैठकमा सरकारले जेठ १५ गते ल्याउने आगामी आर्थिक वर्षको बजेट लगायत संसदमा पार्टीको भुमिका र आगामी रणनीतिको विषयमा पनि छलफल गरिएको थियो । बजेटलाई कसरी अघि बढाउने भन्ने एजेण्डामा केन्द्रित रहेर पनि छलफल गरिएको उनले बताइन् ।

बैठकमा सांसदहरुले सरकारले ल्याएको बजेट हेरेर धारणा बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा संसदीय दलमा रिक्त रहेका पदहरुको विषयमा पनि छलफल भएको कांग्रेस संसदीय दलले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर