२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राप्रपाभित्रको असन्तुष्ट समूहको बैठक आज, सामूहिक राजीनामाबारे छलफल हुने

Nada
२०८३ जेठ १७ गते १२:३९
Shares
राप्रपाभित्रको असन्तुष्ट समूहको बैठक आज, सामूहिक राजीनामाबारे छलफल हुने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि जनाउँदै आएको समूहले आइतबार बैठक आयोजना गर्ने भएको छ । पार्टीका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा उक्त समूहले वर्तमान परिस्थितिबारे धारणा तय गर्न छलफल गर्न लागेको हो ।

ncell

बैठक काठमाडौँको कान्तिपथस्थित एलो प्यागोडा होटेलमा दिउँसो १ बजेदेखि सुरु हुने तय गरिएको छ। बैठकमा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका असन्तुष्ट पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।

बैठकमा पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमका साथै सामूहिक राजीनामाको सम्भावित विषयमा समेत विचार(विमर्श हुने जनाइएको छ ।

पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको उक्त समूहले आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाएको हो ।

ताजा खबर

सम्बन्धित खबर