२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

लिपुलेक–लिम्पियाधुराबारे इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौंः प्रधानमन्त्री

Nada
२०८३ जेठ १७ गते १३:५४
Shares
लिपुलेक–लिम्पियाधुराबारे इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौंः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले इंग्ल्यान्डसँग पनि कुरा गरेको बताएका छन् ।

ncell

यो विवाद ब्रिटिश इन्डियाले भारत छोडेदेखिको विषय भएकाले इंग्ल्यान्ड सरकारले पनि सरोकार राख्नुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ ।

एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको बताए । साथै, भारतले यसको जवाफ पनि दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहका अनुसार भारतले यो विषयमा दुवै देशका विज्ञहरुसहित टेबल टकबाट समाधान निकाल्ने प्रस्तताव गरेको छ । इंग्ल्यान्डसँग पनि छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने शाहले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर