२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सभामुखको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

Nada
२०८३ जेठ १७ गते १४:५३
Shares
सभामुखको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधि सभा बैठक सञ्चालनका क्रममा सभामुखले प्रयोग गरेको भनिएको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ ।

ncell

प्रतिनिधि सभा नियमावलीको नियम ५६ सम्बन्धी व्यवस्था गलत रूपमा व्याख्या गरिएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग अघि सारेका हुन् ।

उनका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रश्न तीन दिनअघि नै बुझाउनुपर्ने प्रावधान छैन भन्ने सभामुखको व्याख्या नियमावली विपरीत भएको दाबी गरिएको छ । सोही कारण उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाइनुपर्ने माग गरिएको उनले बताए ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आकस्मिक रूपमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । सोही बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रश्न तीन दिनअघि नै सभामुखलाई उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको स्मरण गराएका थिए ।

तर सभामुख डोलप्रसाद अर्यालले भने त्यस्तो पूर्वशर्त अनिवार्य नभएको टिप्पणी गरेपछि विषयमा असहमति देखिएको थियो । सभामुखको सो व्याख्यालाई लिएर एमालेले नियमापत्ति गर्दै औपचारिक रूपमा अभिलेख सच्याउन माग गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर